Developed By Kuldeep Sharma

September 9, 2022

देउडा हेर्न गएकी किशोरी सामूहिक बलात्कारको सिकार

काठमाडौं। कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखडमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।

सुखड बजारमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी किशोरीलाई भदौ २१ गते राति चार जना युवकले बलात्कार गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार एक युवकले सानो काम छ भनेर लिएर गए र अन्यलाई फोन गरेर बोलाएर बलात्कार गरेको खुलेको छ।

किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कारपछि बेहोस किशोरी २२ गते दिउँसो होसमा आइन्। उनी त्यसपछि साथीको घरमा गइन्। २३ गते घर गएकी किशोरी घर पुगिसकेपछि पनि आफू बलात्कारको सिकार भएको कुरा अभिभावकलाई भन्न सकिनन्।

२३ गते फेरि सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेवारिसे अवस्थामा एक किशोरी केही समस्या रहेको जस्तो अवस्थामा प्रहरीले जानकारी पाएपछि उनलाई घोडाघोडी अस्पतालमा लगेर उपचार गरिएको थियो।

राति २ बजे उनी होसमा आएपछि प्रहरीले किशोरीको बयान लिएको थियो। प्रहरीले बलात्कारमा संलग्न भनिएका २ जनालाई बिस्तारा बाटै पक्राउ गरेको जनाएको छ। त्यसपछि थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

एक जना भने फरार छन्। प्रहरीले पीडित किशोरीलाई स्वास्थ्य परीक्षणको लागि धनगढी पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma