Developed By Kuldeep Sharma

September 11, 2022

लेटाङबाट सम्पर्कविहीन तीन बालिका विराटनगरमा भेटिए

काठमाडौं। मोरङको लेटाङबाट शनिबार बिहान सम्पर्कविहीन भएका तीन बालिका विराटनगरमा फेला परेका छन्।

सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरु फेला परेको प्रहरीले जनाएको छ। लेटाङ नगरपालिका–३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ–४ की १२ वर्षीया अनुष्का राई र १४ वर्षीया सविना राईलाई विराटनगर महानगरपालिका–१४ जतुवास्थित देवी राईको घरमा बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीले घटनाको जानकारी पाएर खोजी गर्ने क्रममा तीनै जनालाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको हो। घरबाट भने तीनै जना फुटबल हेर्न भनेर निस्किएको र अभिभावकबाट सम्पर्कविहीन बनेको भन्दै आइतबार विहान प्रहरीमा जानकारी आएको श्रेष्ठले बताए।

उनका अनुसार सविनाकी आमाको घरमा बालिकालाई फेला पारिएको हो। १२ वर्षअघि आमाले दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग लेटाङमै बस्दै आएको पाइएको डिएसपी श्रेष्ठले बताए।

परिवारबाट सम्पर्कविहीन भएका तीनैजना बालिका लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma