Developed By Kuldeep Sharma

भदौ २६, २०७९

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ।

आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरूले उम्मेदवारको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ। उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ।

यस्तै दलहरूले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma