Developed By Kuldeep Sharma

September 12, 2022

मोवाइल लुटेको आरोपमा २ पूर्व प्रहरी पक्राउ

काठमाडौं। नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट मोवाइल लुटेको आरोपमा दुई जना पूर्व प्रहरी पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको जनाएको छ।

‘प्रहरी हौं’ भनेर मोवाइल लुटेर हिँडेका पूर्व असई बालसुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्कीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराइले जानकारी दिए।

कात्यानी चोकस्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा गएर उनीहरुले ‘हामी प्रहरी हौं, तपाइसँग भ्याट बिल रहेनछ’ भनेर ३ वटा मोवाइल लिएर हिँडेका थिए।

श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए। आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी भट्टराइले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma