Developed By Kuldeep Sharma

May 1, 2022

‘मर्यादित श्रम र उचित पारिश्रमिकको प्रत्याभूति होस्’

काठमाडाैँ–  राष्ट्रपति विद्यादेवी भण्डारीले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन्। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्नेतर्फ अग्रसर हुन आवश्यक रहेको बताएकी हुन्।

‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक समेत प्रत्याभूत गरेको छ’, सन्देशमा भनिएको छ, ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधान कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma