Developed By Kuldeep Sharma

September 16, 2022

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

एजेन्सी- युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेको बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए । प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए ।

ती शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma