काठमाडौं। अविरल वर्षाका कारण अछाममा पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
जिल्लाको कमलबजार नगरपालिकामा ९ जनाको शव फेला परेको छ भने तुर्माखाँदमा २ वटा शव र ढकारी गाउँपालिकामा १ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्लाको तिन वटै पालिकामा पहिरोमा परेर बेपत्ता भएका अन्य ११ जनाको खोजी भइरहेको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले बताए।
बाढीका कारण सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ५०० भन्दा बढी घर डुबानमा परेको खबर प्राप्त भएको छ।
प्रतिक्रिया