काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी वल दुवै संगठनले आज नयाँ नेतृत्व पाएका छन्। आजैदेखि रिक्त भएका दुवै संगठनका प्रमुख प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बैठक बसेको हो।
बैठकले नेपाल प्रहरीको आइजीपीमा एआइजी धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै सशस्त्रको आइजीपीमा राजु अर्याल नयाँ आईजीपी नियुक्त भएका छन्।
प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन्।
नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी मध्येबाट बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने उल्लेख छ।
नयाँ आईजीपीको फुली लगाउन ल प्रहरी अतिरिक्त महानिरीक्षकहरु विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र धानुक प्रतिस्पर्धामा थिए।
प्रतिक्रिया