Developed By Kuldeep Sharma

September 20, 2022

अब चितवनमा पनि ‘पठाओ’

काठमाडौँ। राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ।

करिब चार वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरिएको छ। चितवनमा पहिलो पटक अटो र बाइकमा राइड सेवा सुरू गरिने बताइएको छ। यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमाल बताउँछिन्।

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो। करिब सबै तयारीहरू पूरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ। आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लुबुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुर कान्ति चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन्। थप जानकारीका लागि ०१(५९७००९९ मा कल गर्न पनि सकिन्छ। पठाओमा हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको विकल्प छ।

हरेक राइड सिस्टममा ट्रयाक हुनुका साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गर्ने सुविधा पनि छ। बीमा अन्तर्गत हरेक यात्रामा एक लाखसम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ। जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा भएको कम्पनीको दाबी छ।

पठाओमा कागजात प्रमाणिकरण र तालिमपछि मात्र राइडरहरूले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ। पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४सै घण्टा कल–सेन्टरमा सम्पर्क गरी गुनासो तथा उजुरी गर्न सकिन्छ। २४सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।

यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि छ। पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ। जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पूर्ण विवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ। साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गरेर आफू पुगिरहेको गन्तव्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ।

एपमार्फत् बुक नगरी अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुविधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षित र सुनिश्चित नहुने हमालको भनाइ छ। सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङमार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो।

सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना पनि डेलिभरी गराउँदै काठमाडौंमा ‘पठाओ फुड’ समेत सुरू गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma