Developed By Kuldeep Sharma

अशोज ४, २०७९

चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु

काठमाडौं। पूर्वी चितवनको रत्ननगरमा डेङ्गुबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष छन्।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो।

अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए। जिल्लामा हालसम्म ४२९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ।

दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो। जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma