Developed By Kuldeep Sharma

September 20, 2022

विद्यालयमा सेनाले गोली चलायो, ६ बालबालिकाको मृत्यु

काठमाडौं। म्यानमारको एक विद्यालयमा सेनाले गोली चलाएको छ। विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले सेनाले गोली चलाउनु परेको जनाइएको छ।

सेनाको गोली प्रहारबाट कम्तिमा छ बालबालिकाको मृत्यु भएको र १७ जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन्। मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको जनाइएको छ।

सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको हो। निर्वाचित सरकारलाई अपदस्त गर्दै गत बर्ष सेनाले सत्ता कब्जा गरेको थियो। सैन्य सरकारको विरोधमा विपक्षीले गरिरहेको देशव्यापी आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको जनाइएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma