Developed By Kuldeep Sharma

September 21, 2022

‘प्रेमगीत ३’को हिन्दी भर्सन विदेशी फिल्मसरह, १५ प्रतिशत विकास कर तिर्नुपर्ने

काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा विदेशी फिल्मसरह प्रदर्शनमा आउने भएको छ।

चलचित्र विकास बोर्डबाट हिन्दीमा डबिङको अनुमति नलिइ डब गरेकाले फिल्मको हिन्दी भर्सनलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी बोर्डले सेन्सर अनुमति दिएको छ।

बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र दिएका हुन् । योसँगै, फिल्मको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । साथै, फिल्मका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन्।

फिल्मको नेपाली भर्सनको भने सेन्सर भइसकेको छ। ‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि चलचित्र विकास बोर्डबाट पुनः स्वरांकनको अनुमति लिएका थिएनन्। जसकारण उक्त फिल्मलाई नेपाली फिल्म सरह सुविधा अर्थात् १५ प्रतिशत विकास शुल्क मिनाहा गर्न बोर्डले अस्वीकार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma