Developed By Kuldeep Sharma

अशोज ७, २०७९

झापा र इलामको सीमा क्षेत्रमा भारी वर्षा, नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ।  झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ।

झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। साथै महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

देशका प्रमुख र मझौला नदीहरुमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ। आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma