Developed By Kuldeep Sharma

May 1, 2022

नेपाल प्रहरीमा को-को भए आईजीपी ?

काठमाडौं । नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि असोज महिनामा भएको हो। शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो। यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए।

अगष्ट १९१४ मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए।

सन् १९१९ (वि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतुले जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए।

बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए। २००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो।

तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (आईजीपी) का रूपमा नियुक्त भएका थिए। सन् १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।

पद तथा श्रेणी बिभाजन

राजपत्राङ्कीत

प्रहरी महानिरीक्षक- अतिरिक्त प्रहरी महानिरीक्षक- प्रहरी नायब महानिरीक्षक-प्रहरी बरिष्ठ उपरीक्षक-प्रहरी उपरीक्षक-प्रहरी नायब उपरीक्षक
प्रहरी निरीक्षक

राजपत्र अनङ्कीत

प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक-प्रहरी सहायक निरीक्षक-प्रहरी

प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार-प्रहरी जवान

श्रेणी बिहिन

रिक्रुट-प्रहरी कार्यालय सहयोगी (परिचर तथा सयस)

नेपाल प्रहरीका महानिरिक्षकहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma