Developed By Kuldeep Sharma

May 1, 2022

बर्षमानको प्रश्नः केपी ओली र निर्वाचन आयोगका प्रमुखको बोली कसरी मिल्यो?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आइतवार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले थपलियाको अभिव्यक्ति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाए।

निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा रहेको भन्दै उनले भने, ‘रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न लाग्यो, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ? म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, मतदाताले देख्ने गरी रेफ्रीको भूमिकामा बसिदिनुस्।’

प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिँदैन भनेर दिएको अभिव्यक्ति र ओलीको पनि त्यही अभिव्यक्ति कसरी भयो भन्दै उनले प्रश्न गरे। नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे।

‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ। कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma