Developed By Kuldeep Sharma

अशोज १३, २०७९

पछिल्लो २४ घण्टामा थप ५४० जनामा डेंगु संक्रमण, मृत्यु हुने ३८ पुगे

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु संक्रमितको संख्या २८ हजार १०८ पुगेको छ।

बितेको २४ घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए। त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन्। यसवर्ष मुलुकका मुस्ताङबाहेक ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।

अहिले सबैभन्दा बढी डेंगुका संक्रमित बामगती प्रदेशमा देखा परेका छन्। हालसम्म बागमती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma