Developed By Kuldeep Sharma

September 29, 2022

आधुनिक नुवाकोट निर्माणका लागि मलाई मत दिनुहोस्: सफलता बोगटी

काठमाडौं। नुवाकोट क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सफलता बोगटीले आधुनिक जिल्ला बनाउनका लागि आफुलाई मत दिन आग्रह गरेकी छन्। आफु सबै नुवाकोटे दिदि बहिनीहरुलाइ आत्मानिर्भर बनाउन सक्ने क्षमता राख्ने भएकाले त्यसका लागि आफुलाई मत दिनु पर्ने उनको भनाई छ।

‘मेरो प्रश्न के हो भने, हिजो विस २००७ साल देखि आजसम्म के नुवाकोटमा कुनै नेता थिएनन्? अति नै विकसित नुवाकोट बनाउनुपर्छ भनेर आवाज उठाउने कुनै जनताहरु थिएनन् ? नुवाकोटका विद्यालय बाटो विजुली पानी आदि त आजका स्थानीय सरकारले गर्ने सामान्य काम मात्र हुन। आधुनिक नुवाकोट बनाउने साथिहरुले मलाइ मत दिनुहोस्। म बनाउँछु आधुनिक नुवाकोट। अब आधुनिक नुवाकोट बनाउने काममा कसैलाइ पर्खेर पनि नबसौँ र फर्केर पनि नहेरौँ। लौरोमा भोट हालौँ बनाऔँ नुवाकोट,’ उनले अपिलमा भनेकी छन्।

संसारमा धनि र गरीव दुइ प्रकारका देशहरु भएको बताउँदै नेपाल आफैमा तन्नम गरीव, दरीद्र, अविकसित, पुरातन, सामाजिक न्याय नभएको, आर्थिक असमानता भएको, कुरीति रुढीवादी शंकिर्ण मानसिकता, अनुदार सोचाइ, सामान्तवादको पराकाष्ट आदि भएको देश भएको उनको भनाई छ।

उनले मुलुकको आर्थिक, समाजिक, राजनैतिक, संस्कृतीक, शैक्षिक, कृषि, वन, जलश्रोत आदि सबै नीति र कार्यक्रमहरु र बजेटहरु २ सय जना ठालुहरुको हातमा मात्रै सिमित रहेको उनको भनाई छ। बोगटी समाजिक अभियान्ता पनि हुन्। राजनीतिसंगै उनले विभिन्न विकृती र विसंगतीविरुद्ध संघर्ष गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma