Developed By Kuldeep Sharma

अशोज १४, २०७९

मोरङमा धामी बस्न हिँडेका युवक मृत भेटिए

काठमाडौं। मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन्। वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन्।

बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए। शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो।

प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ। स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन्।

सुनवर्षी नगरपालिका– ४ का वडा अध्यक्ष छेदिया यादवका अनुसार मृतक युवक धामी झाँक्रीको काम गर्छन्।

मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma