Developed By Kuldeep Sharma

September 30, 2022

रिटर्नी फेडेरेसनको निर्वाचन क्षेत्र स्तरीय परिचालन कमिटी गठन

काठमाडौं।नेकपा (एमाले) को जनसंगठन रिटर्नी फेडेरेसन नेपालले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचलन कमिटी बनाएको छ।

मंगसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने उद्देश्यले फेडेरेसनले ३२ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी गठन गरेको जनाएको छ।

बैदेशिक रोजगारका क्रममा विश्वका बिभिन्न मुलुक पुगी स्वदेश फर्केका एमालेप्रेमीलाई संगठित गर्दै एमालेले निर्माण गरेको फेडेरेसनले यस अघि संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी घोषणा गरिसकेको छ।

त्यस अन्तर्गत रहने गरि फेडेरेसन गठन भएका पाँचवटै प्रदेशमा प्रदेशस्तरीय निर्वाचन अनुगमन तथा निर्देशन कमिटी रहने र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमिटी रहने व्यवस्था अनुसार फेडेरेसनले बागमती प्रदेशमा सक्रियता देखाएको हो।

आश्विन ८ गते काठमाण्डौको धुम्बाराहीमा एमाले केन्द्रीय कमिटी सदस्य माधब ढुंगेलको प्रमुख आतिथ्यतामा फेडेरेसनको बागमती प्रदेश स्तरीय निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको बैठकले बागमती प्रदेशभित्र रहेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी सदस्य तथा केन्द्रिय सदस्य र प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका अध्यक्षहरुले आ-आफ्नो निर्वाचन क्षेत्रमा नेतृत्व गर्ने गरि निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

उक्त बैठकले ३९ सदस्यीय सचिवालय, १३ सदस्यीय निर्वाचन अनुगमन तथा निर्देशन कार्यकारी कमिटी, १७ सदस्यीय बागमती प्रदेश स्तरीय निर्वाचन प्रचार प्रसार कमिटी समेत गठन गरेको छ।

फेडेरेसनले आफ्ना नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा परिभाषित जिम्मेवारी सहित पार्टी भूगोल संग समन्यवको लागि पत्र समेत उपलब्ध गराई खटाउने योजना बनाएको अधिकारीले बताए।

नेकपा (एमाले)का उम्मेद्वारहरुलाई बिजयी गराउन फेडेरेसनले सम्पूर्ण शक्ति लगाउन सबै प्रदेशमा प्रदेश स्तरीय निर्वाचन अनुगमन तथा निर्देशन कमिटी यस अघि नै गठन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma