Developed By Kuldeep Sharma

अशोज १४, २०७९

प्यूठानको सिँचाइ आयोजना ४० वर्षसम्म बनेन

काठमाडौं। प्यूठानको एक सिँचाइ आयोजना सुरु भएको ४० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन। प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतका लागि २०३७ सालमा सुरु भएको आयोजना अझै अधुरो छ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङ नजिकको लुंग्री खोलाबाट प्यूठानको स्वर्गद्वारी नगरपालिका–५ सारीमा पानी लैजाने उक्त योजनाबाट रोल्पाको साविक मिझिङ गाविसको पल्लो छिर्ने तथा प्यूठान जिल्लाको साविक सारी, बेलवास र वर्जिवाङ गाविसका करिव एक हजार २०० रोपनी खेतमा सिँचाइ गर्ने लक्ष्य थियो।
रोल्पाको लुंग्री नदीबाट साढे १२ किलोमिटरको नहर बनाइ प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतीयोग्य जमिन सिँचाइ गर्ने गरी आयोजना स्वीकृत भएको थियो।

आयोजनाको करिव ७५ प्रतिशत काम सकिएको दावी गरिएको छ। तर अन्तिम चरणमा पुगेको आयोजना अलपत्र छाड्दा स्थानीय वासिन्दा आक्रोशित छन्। ठेकेदारको लापरवाही र राजनीतिक दलको इच्छाशक्तिको अभावका कारण निर्माण कार्य अवरुद्ध भएको स्थानीयको भनाइ छ।
बनेका संरचना संरक्षण गर्न सरकारी स्तरबाट पहल नहुँदा करोडौं खर्चेर बनेका संरचना भत्कदै जान थालेका छन्।

वर्षेनी ठेकेदार फेरिने र काम सम्पन्न नहुदै भाग्ने गरेकाले आयोजना सम्पन्न हुन नसकेको स्थानीय वासिन्दाको गुनासो छ। स्थानीय मजदुरहरुले महिनौ गरेको कामको पारिश्रमिक समेत नदिएको बताइन्छ।

आयोजनाका लागि हालसम्म नेपाल सरकारको १४ करोड रुपैयाँ खर्च भइसकेको छ। स्थानीय वासिन्दाले लागत साझेदारीमा ५६ लाख रुपैयाँ भन्दा बढी मूल्यको श्रमदान समेत गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma