काठमाडौं। तीन दिनदेखिको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीले खतराको तह पार गरेको छ।
नदीमा जल सतह ६ मिटर नाघेको बाढी सूचना केन्द्रले जनाएको हो। राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ भने अहिले ६.२ मिटर पुगेको छ। बबईमा ५.५० मिटर पुगेपछि खतरा मानिन्छ भने अहिले बबईमा ६.१० मिटर पुगिसकेको छ।
बाढी बढेपछी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जोखिम क्षेत्रका बासिन्दालाई नदि किनार नजान, सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो।
प्रतिक्रिया