Developed By Kuldeep Sharma

May 1, 2022

सगरमाथामा चीनको नयाँ अभियान, २७० बढी वैज्ञानिक सहभागी

काठमाडौं। चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा नयाँ वैज्ञानिक अभियान सुरु गरेको छ।

चीनले विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलोङमा) मा नयाँ खाले बृहत वैज्ञानिक अभियान सुरु गरेको छ । यो अभियान सन् २०१७ मा सुरु भएको छिङहाई–तिब्बत पठारमा चीनको दोस्रो वैज्ञानिक अनुसन्धान सर्वेक्षणको हिस्सा हो।

यो अभियानमा १६ टोलीका २७० भन्दा बढी सदस्यहरु वैज्ञानिक अनुसन्धानमा सहभागी छन्। वैज्ञानिकहरुले सगरमाथा आधार शिविरमा रेडियोसोंडे बोकेको बेलुन प्रक्षेपण गरेका थिए।

रेडियोसोंडहरु ब्याट्रीबाट संचालित टेलिमेट्री उपकरण प्याकेजहरु हुन् जुन सामान्यतया मौसम बेलुनद्धारा वायुमण्डलमा लगाइन्छ, जस्ले उचाइ, दबाब, तापक्रम, हावा (गति र दिशा दुवै) र उच्च उचाइमा ब्रहमण्डका किरणहरु मापन गर्दछन्।

वैज्ञानिक अनुसन्धान सदस्यहरुले हिमनदी पग्लिएको पानीबाट सूक्ष्मजीव, माटोको नमुना सङकलन र आधार शिविरमा वायुको गति नाप्ने यन्त्र समेत जडान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma