काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भएको छ।
आइतबार भारतीय आयल निगम (आईओसी)बाट बढेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको हो।
निगमका सह प्रवक्ता पुष्कर कार्कीका अनुसार आइतबार आईओसीले पेट्रोल लिटरमा ५ रुपैयाँ, डिजेल लिटरमा १० रुपैयाँ, मट्टितेल लिटरमा ४ रुपैयाँ र खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले बढाएर नयाँ मूल्य सूची पठाएको छ।
यही मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड घाटा हुनेछ ।
प्रतिक्रिया