Developed By Kuldeep Sharma

May 1, 2022

निर्वाचन अधिकृतलाई धम्क्याउने अटेरी अभियानका खड्का पक्राउ

पोखरा। निर्वाचन अधिकृतलाई धम्क्याएको आरोपमा पोखराका एक युवक पक्राउ परेका छन्।

अटेरी अभियानमा संलग्न अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उछृङ्खल गतिविधि गरेको निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए।

डीएसपी तिवारीका अनुसार खड्काले शनिबार मुख्य निर्वाचन कार्यालयमा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निवेदन परेपछि सोधपुछका लागि नियन्त्रमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma