Developed By Kuldeep Sharma

October 17, 2022

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु

काठमाडौं।पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन्। पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन्।

आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ।

उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ।

सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ।

मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ।

यसबाहेक मुलुकको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा गरेको कारवाहीमा अर्का एक आतङ्ककारी मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन्।

उक्त क्षेत्रमा आतङ्ककारीहरु सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma