Developed By Kuldeep Sharma

कार्तिक २, २०७९

आज म मनमनै हाँसि रहेकी छु

काठमाडौं, सफलता बोगटी। १. नुवाकोटको चुनावि चर्चामा मेरो नाम अग्र स्थानमा छ। अस्ति सम्म कान्छि तँ कोहि होइनस चुनावमा नउठ भन्ने मेरा आफन्तजनहरु नै आज सफलताले मात्र नुवाकोटको नयाँ विकास गर्छे अर, १०/१० घरका लागि लुगाधुने मेसिन ल्याउछे अरे। दाउरा काट्ने, घाँस काट्ने, मल बोक्ने सबै कुराहरुमा प्रविधि मैत्री बनाउछे अरे । गाऊमा यस्ता धेरै कुराहरु चल्न थालेछन । अव त मेरा आफन्तहरुले पनि वरपर सबै जनासंग मलाइ भोट माग्न थाल्नु भएछ । जे गर्छे सफलताले गर्छे, अव अरुको आश छैन भनेर नुवाकोटभरी हल्ला छ भनेर नुवाकोटमा काम गर्ने इलामका साथिले भन्नु भयो । तर उहाँले के पनि भन्नु भयो भने हाम्रा नेपालका गाऊ घरमा हस्पिटल कसले बनायो, कति जना डक्टर आउछन, कति कोयल पाइप बाड्यो, कति मुलाको विउ दियो, कतिवटा कागतीका विरुवा दियो, रसायनिक मल कम्पनि कसरी बनाउने भन्दा पनि, गाउमा मास्क कसले बाँडेको थियो, सेनिटरी प्याड कसले बाडेको थियो, कालो बजारी गरेर पनि कसले रसायनिक मल दियो उसलाइ भोट दिने चलन थियो । तर अब तिमीले भनेका जस्ता आधुनिक विकास परीयोजनाहरुमा नुवाकोटका मानिसहरुले चासो राखेको पाए । त्यसैले यसपालि तिमी नुवाकोटबाट प्रतिनिधि सभा सदस्य जित्छौ । तर जितेपछि अरुलाइ छक्क पार्ने गरी काम गर्नु पर्छ है, उहाले भन्नु भया,े हेर सफलता, तिमी नेपालभरीका २७५ जना संसदहरु मध्ये नेपाली जनताहरुका लागि सबै भन्दा आश गर्न सकिने र भर पर्न सकिने गरी काम गर्नु पर्छ है ।

२. मेरा १ जना प्रतिस्पर्धिले नुवाकोटबाट त महिला उम्मेद्धार पनि उठेकी रहिछन भनेछन । हे पुरुष उम्मेद्धार, तिमीलाइ यस धर्तिमा आउन जन्म दिने ति तिम्री आमा पनि महिला नै हुन । जसको कोखमा बसेर तिमी यस धर्तिमा आयौ, उसैलाइ महिला पनि भन्न तिमीलाइ कुनै शरम र लाज लागेन । अब सुन महिलाका राम काहानी ः अस्ति दशैंको नव रात्रमा तिम्रो घरमा नव दुर्गाको पुजा गरे जस्तो लागेन । तिमीले देखेका र समाजसंग न्यायका लागि युद्ध गर्ने नसक्ने नारी होइन म । आज सम्म समाजले नारी भनेको तिल्लरी र सारीमा रमाउने वर्गलाइ मान्दछ । तर हामीहरु भनेका नारी शक्ति हौ । नारी शक्ति । वेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याच्चरले कर्मचारीतन्त्रमा रहेको सिण्डीकेटलाइ अन्त्य गरिदिइन । नत्र वेलायतका कर्मचारीहरु युनियन खोलेर कामै गर्दैनथे, हालको नेपालको जस्तै । इन्दिरा गान्धिले इमरजेन्सि लागु गरीन र नीजि बैकहरु राष्ट्रियकरण गरिदिइन । उनले भारतका शहरहरुका बाटोहरु ठुलो बनाउन ठुलाठुला घरहरु भत्काइन । बालेनले उनको सिको गर्न खोज्दैछन । शेख हसिनाले २०० जना बंगाली डन र गुण्डाहरुलाइ फाँसि दिए पछि आज बंगला देशमा डन र गुण्डाहरु छैनन् । मायावति दलितकी छोरी भए पनि उनि ५ पटक सम्म उत्तर प्रदेशकी मुख्य मन्त्री बनेकी थिइन् । श्रीलंकामा पनि आमा श्रीमाओ भण्डारा नाइके र छोरी चन्द्रिका कुमारातुगां नै प्रधानमन्त्री र राष्ट्रपति बनेका थिए । पाकिस्थानमा बेनेजिर भुट्टो, नेपालमा विद्यादेवि भण्डारी पनि नारी शक्तिका स्वरुप हुन । यस्ता उदाहरणहरु कति छन कति । तर विडम्बना नारीहरु श्रीमान र बुबाको बिरासतमा मात्र उच्च पदमा पुग्छन भन्ने यो दक्षिाण एसियाली रेकर्ड म तोड्न चाहान्छु । म जे गर्छु आफ्नै बुता र बर्गतले गर्छु किनभने मैल हामी छोरीहरुले शाहास गरेपछि जत्रा कामहरु पनि पार लगाउन सकिन्छ भन्ने समाजमा जिवन्त उदाहरण बन्न चाहान्छु र म यस्तो बन्न र गर्न सक्छु पनि । म ओइलाउने फुल होइन म उदाउदो चन्द्रमा हो । सास्ति संघर्ष र सफलता नै मेरो जिवन हो । सफलतालाइ लौरोमा दिनु भोट, बैभवशालि बनाउछिन नुवाकोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma