काठमाडौं। कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार थानेश्वर अर्याल (अच्युत) को सम्भावना बलियो देखिएको छ।
नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति समेत रहेका अर्यालले नेपाली कांग्रेस पाटी परित्याक गरी कपिलवस्तु क्षेत्र २ मा प्रदेश सभाका उम्मेदवार बनेका हुन्।
जनप्रतिनिधिले नदीजन्य पदार्थ दोहन गर्दा, अनियमितता र भ्रष्ट्राचारको विरुद्ध एक्लो आवाज उठाउने गरेका उनले राजनितीमा विद्रोह आवश्यक देखिएको बताएका छन्।
बिपन्न नागरिकका हरेक समस्या समाधानमा सहयोग गर्ने अर्याल अहिले मतदाताको घरघरमा पुगेर समस्याका बारेमा बुझिरहेका छन्।
‘मैले टिकट मागेको होईन। टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएको पनि होईन। धेरै समयदेखी हाम्रो क्षेत्रको राजनीतिले एक व्यक्ति अन्यायमा परिरहने एक व्यक्तिले अवसर पाइरहने गरेको देख्दा निराश भएका आम नागरिकका लागि मेरो उम्मेदवारी आवस्यक थियो।’ उनले भने।
३१ वर्षीय अर्यालको चुनाव चिन्ह स्कुटर भएकाले आफूले प्रयोग गर्ने साधन स्कुटर र काधमा राष्ट्रिय झण्डा लिएर मतदाता माझ मत माग्न सक्रिय भएका छन्।
राजनीतिलाई पेशा नभई सेवा भावमा बिकास गर्ने उनको योजना छ। अहिले सम्म विभिन्न राजनैतिक दलहरुले बनाएको घोषणापत्रमा के कति कुरा लागू भएका छन् एक पटक हेरिदिन पनि उनले मतदातालाई आग्रह गरेका छन्। चुनावका बेला घोषणापत्र बनाएर मन र मत जित्ने मात्र होईन, आइपरेका बेला अन्याय विरुद्ध बोल्न र विकास निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए।
समाजसेवी, बुद्धिजीवीको उदाहरणीय छवि बनाएका अर्यालले अब समाज विकासका लागि युवाको नेतृत्व पनि अति आवश्यक रहेको बताएका छन्।
अर्यालले नेपाली कांग्रेसका विक्रम सिंह थापा , नेकपा एमालेका नवराज लामिछाने (भुपाल) , राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) का गितेन्द्र मणि शुक्ला र मंगोल नेशनल अर्गनाइजेसनका जुद्द बहादुर कब्दारसँग प्रतिस्पर्धा गर्दै छन्।
प्रतिक्रिया