Developed By Kuldeep Sharma

May 2, 2022

एआईजी पोखरेल र थापाले बहिष्कार गरे आईजीपीको बिदाइ

काठमाडौँ। ३० वर्ष उमेरहदका कारण सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको बिदाईमा प्रहरी प्रधान कार्यालयले आइतबार साँझ राखेको बिदाइ कार्यक्रम एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले बहिस्कार गरेका छन्।

सरकारले एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि असन्तुष्ट पोखरेल र थापाले बिदाई बहिस्कार गरेका हुन्। संगठन प्रमुख अवकाशमा जाँदा हार्दिकतासाथ बिदाइ गर्ने प्रचलन भए पनि आईजीपी नबनाएको असन्तुष्टि उनीहरुले फेयरवेलमा पोखेका हुन्।

बिदाइमा सहभागी नभएका पोखरेल र थापा आईजीपी नियुक्तिविरुद्ध अदालत जाने तयारीमा छन्। आज मुद्दा दर्ता गर्ने तयारी छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँगै सेवा निवृत्त हुन लागेका एआईजीहरु, डीआईजीहरु तथा एसएसपी गरी १९ जनालाई विशेष समारोहबीच विदाइ गरेको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदाइ गरेका थिए।

सिंहले संगठनमा बहाल रहँदा र  सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उनीहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma