काठमाडौं। प्युठानमा स्थानीय तहको निर्वाचन प्रचार-प्रसारका क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको नौबहिनी गाउँपालिका–२ लिघामा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाहनेले जनाएको छ।
आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको प्रहरी निरीक्षक भानुभक्त अर्यालले जनाकारी दिए। ति वृद्धकोे घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया