Developed By Kuldeep Sharma

November 9, 2022

हामीले खोजेको नेता कस्तो हो?

इ. सुवाश पौडेल, काठमाडौं। एक पटक तमाम नेताहरुको दैनिकी अध्ययन गर्नुहोस् त !
अधिकांश नेता बिहान देखि बेलुका सम्म पद र शक्ति कसरी आर्जन गर्ने, त्यसको लागि आवश्यक पर्ने गुट निर्माण र विस्तार कसरी गर्ने भन्ने ध्याउन्नमा आफ्नो दैनिकी बिताइरहेको देखिन्छ।

तर नेपालको राजनीतिमा हामीले एउटा त्यस्तो नेता पनि देख्यौं जो कहिले काठमाण्डौंलाई बस्नयोग्य सहर बनाउन “livable kathmandu” अभियान चलाएको पाउछौ त कहिले सांस्कृतिक महत्त्व बोकेका बस्ती जोगाउन ” revitalization of cultural areas” अभियान चलाएको देख्छौ। त्यो नेता जसले कुनै बेला काठमाण्डौको ट्राफिक व्यवस्थापन बारे बिज्ञहरुसँग योजना बनाउँदै गरेको देख्छौ त कहिले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको परिकल्पना गरी घर घर मै स्वास्थ्य सेवा पुर्याउने सामुदायिक संयन्त्र खडा गर्दै गरेको पाउछौ। उस्ले कहिले काठमाण्डौको खुल्ला ठाउँहरू संरक्षण गरिनु पर्छ भनेर पार्क निर्माण गर्ने अभियान चलाएको देख्छौ त कहिले कोभिड लगायत महामारी नियन्त्रणका आइडिया बोकेर सिंहदरबार भौतारिरहेको पाउछौ। त्यो नेता कुनै बेला मेडिकल शिक्षामा सुधार कसरी गर्न सकिन्छ भनेर गोविन्द केसी र केदारभक्त माथेमाहरु संग घण्टौं छलफल गरेको देख्छौ त कहिले देशको स्वास्थ्य संरचना कस्तो हुनु पर्छ भनेर योजना बुन्दै गरेको पाउछौ l त्यो नेता जसले कानून बनाउने हरेक बिधेयकहरूमा मिहिन ढंगले रिसर्च गरी संसदमा तर्कपूर्ण प्रश्नोत्तर गर्दै गरेको देख्छौ त कहिले भुईमान्छेहरुको जनजीविकाका तमाम मुद्दा हरुमा राज्यसंरचनामा नै तरंग सृजना हुने गरी संसदमा ओजन्दार ढंगले आवाज दिएको पाउछौ l जसले एकजना संसद कस्तो हुनुपर्छ भन्ने मानक नै स्थापित गराएको छ l त्यो नेता जो देशको अर्थतन्त्र बुझ्नको लागि विगत दुई वर्ष देखि युनिभर्सिटीका प्राध्यापकहरुसँग अर्थशास्त्रको क्लास लिईरहेको समेत सुन्छौ ।

हामीले देखेका देशका तमाम दोस्रो तहका नेताहरु शेर बहादुर, ओली र प्रचण्डलाई बुढ्यौली लाग्ला र पालो पाइएला भन्ने लोभमा नेतृत्वको महिमामण्डन गर्ने बाहेक नेतृत्त्व लिने, देश बनाउने र बदल्ने संकल्प, सामर्थ्य र हुटहटी कहीं कसैमा प्रकट भएको देख्दैनौ। तर यो चाकड़ीबाजहरुको भीडमा एउटा एस्तो नेता पनि छ जो पहिलो पुस्ताले नमान्दा नमान्दै पनि पन्छाएर नेतृत्त्व हत्याउन सक्ने आत्मविश्वास र सामर्थ्य राख्छ।

सबै जसो राजनीतिज्ञहरु पहिला पदमा त पुगौ, पुगेपछि के गर्ने बल्ल सोचौंला भन्ने मनोविज्ञान बोकेर शक्ति आर्जन गर्ने टिकडम् मा मात्र सीमित भईरहदा, त्यो नेता जो प्रधानमन्त्री पदमा पुगिन्छ वा पुगिन्न भन्ने थाहा छैन तर पुग्दै गर्दा “प्रोजेक्ट गभरमेन्ट” भनेर डे अन् देखि गर्नु पर्ने हरेक मन्त्रालयगत एक्सन प्लानहरु सेट गरेर बसेको छ । त्यो नेता जो ६-८ महिना मन्त्री बन्ने अवसर प्राप्त गर्दै गर्दा डेलीभर गरेर हाम्रो आशालाई विश्वासमा बदल्यो।

यति भन्दै गर्दा तपाईंको दिमागमा एउटा नाम पक्कै आइसकेको हुनु पर्छ ” गगन थापा ” । एक पटक सोचौं त ! यो लेबलको डेडीकेशन र परिश्रम अरु कुनै नेतामा देख्नुभएको छ? अन्य राजनीतिक दलमा आस्थावान साथीहरु र “No not again” अभियान चलाउने साथीहरु एकपटक आफ्नो मनलाई सोध्नुस् ! के हामीले खोजेको नेता यस्तै हैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma