काठमाडौं। छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–११ स्थित सडकमा बा.६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक कोटेश्वर बस्ने डडेलधुरा अमरगढी नगरपालिका–५ घर भएका २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपाचरको क्रममा मृत्यु भएको हो।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरे जंगलस्थित सडकमा बाग्मती प्रदेश ०१०२६ च २५११ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार डडेलधुरा अम्मरगढी नगरपालिका–७ बस्ने १५ वर्षीया प्रशन्सा ऐरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी बाँके, राप्तीसोनारी गाउँपालिका–२ ठुरे जंगलस्थित सडकमा रा.१ क ८८६ नम्बरको ट्रक अनियन्त्रीत भई पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा ट्रक चालक ट्रकमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४८ वर्षीय बिजय बहादुर सोनीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्रक चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२–००३ प ४६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका–१० बस्ने ६० वर्षीय केशव राज अवस्थीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा ना.३ ख ६७६ नम्बरको ट्रकले प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–१६ बस्ने २९ वर्षीय रुपक श्रेष्ठको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया