Developed By Kuldeep Sharma

May 2, 2022

गोरखामा जन्ती सवार जीप दुर्घटना, ३ जनाको मृत्यु

गोरखा। गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार साँझ सिरानचोक गाउँपालिका–४ आरुबोटेमा बा १४ च ७८१ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–६ चनौटेका ५० बर्षका देवीप्रसाद पोखरेल, लम्जुङ दुराडाँडा घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ बर्षका कमल न्यौपाने र कावासोती–१४ का ८० बर्षका उत्तरकुमार सिग्देल रहेका छन् ।

जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र आफू पनि जान लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma