काठमाडौँ। सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फित्र परेकाले मंगलबार (आज) सार्वजनिक बिदा दिएको छ। सरकारले मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नेपाल मुस्लिम आयोगले इदका अवसरमा सार्वजिनक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भने यो बिदा कटौती गरेको थियो।
प्रतिक्रिया