Developed By Kuldeep Sharma

May 3, 2022

काठमाडौँमा राहुल गान्धी, मध्यरातमा पुगे ठमेलको एलओडी

काठमाडौँ- भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगेका छन्। उनी क्लबमा गान्धी एलओडीमा ११ बजेर ४५ मिनेटमा पुगेका हुन्। उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए। गान्धी बिना सुरक्षा गार्ड क्लबमा पुगेका थिए ।  करिब २५ जनासहित उनी त्यहाँ पुगेका थिए । उनी त्यहाँ अलर्फट होटलबाट त्यहाँ पुगेका हुन् । गान्धीको सम्पूर्ण सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्ड मिलाएका थिए ।

गान्धी क्लबको भिआइपी सेक्सनमा उभिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे ।उनी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कनेछन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma