काठमाडौँ। दाङमा बाढीले बगाउँदा १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ। सोमबार बबई गाउँपालिका–४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय जनकल्याण माविका कक्षा १० मा अध्ययनरत किशोरीलाई खोला तर्ने क्रममा बाढीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।किशोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
प्रतिक्रिया