Developed By Kuldeep Sharma

November 22, 2022

मधेस प्रदेशमा जनमत पार्टीका महेशकुमार यादव विजयी

काठमाडौं। मधेस प्रदेशमा जनमतले विजयीको अर्को खाता खोलेको छ।

सप्तरी प्रदेशसभा २ (२) बाट जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन्।

यादवले १३ हजार ३२५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा रोकिए।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुन्।

उनी ०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग पराजित भएका थिए। दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

जनमत पार्टीबाट विजयी भएका यादव पूर्वमाओवादी नेता हुन्। उनी निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आएका थिए।

सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंहले जितिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma