Developed By Kuldeep Sharma

November 23, 2022

विश्व कपमा जापानले जर्मनीलाई २–१ गाेलले हरायाे

काठमाडौं। विश्व कप फुटबलमा एसियाकाे पावर हाउस मानिएकाे जापानले उपाधि दाबेदार जर्मनीलाई हराएकाे छ।

आज बुधवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा जापानले जर्मनीलाई २–१ काे गाेल अन्तरले हरायाे।

खेलमा १ गाेलले पछि परेकाे अवस्थामा जापानले पुनरागमन गर्दै २–१ काे जित निकालेकाे हाे।

खेलकाे ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएकाे थिए।

पहिलाे हाफमा जर्मनी १–० ले अघि रहेकाे थियाे।

तर जापानले दाेस्राे हाफमा २ गाेल फर्कायाे । जापानका लागि खेलकाे ७५ औँ मिनेटमा रित्सु डाेन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गाेल गरे।

याे जितसँगै समूह ‘ई’ मा रहेकाे जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ । जर्मनी भने तालिकाकाे पुछारमा रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma