Developed By Kuldeep Sharma

November 24, 2022

काभ्रे–१ (क) मा माओवादी केन्द्रका रत्न ढकाल विजयी

काठमाडौं। काभ्रेको प्रतिनिधिसभा क्षेत्र १ प्रदेशसभा ‘क’ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का रत्न ढकाल विजयी भएका छन्।

बिहीबार सम्पन्न मत गणनामा ४४२ को भारी मतान्तरसहित ढकाल विजय भएका हुन्।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले २० हजार ७२० मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ (दिलिप) ले ११ हजार २७८ मत प्राप्त गरेका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma