काठमाडौं। नायक भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । उनीहरु मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नायक केसी र नायिका खड्कालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराउँदै स्वागत गरे।
त्यस्तै, कलाकार रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश भएका छन् ।
२०७० सालको संविधान सभा निर्वाचन अघि केसी एमाले प्रवेश गरेका थिए । नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि विरोधका कारण टिकट खोसिएको थियो ।
यस्तै, खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।
प्रतिक्रिया