Developed By Kuldeep Sharma

May 3, 2022

कैलालीमा तीनदलीय गठबन्धनले ‘बागी’लाई कारबाही गर्ने

काठमाडौं। कैलालीमा तीनदलीय गठबन्धनले ‘बागी’ उम्मेदवारलाई कारबाही गर्ने निर्णय गरेको छ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले ‘बागी’ उम्मेदवारलाई निर्णय गरेका हुन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका नेता–कार्यकर्ताले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उमेदवारी दिनेहरूलाई कारबाही गर्ने निर्णय गरिएको कांग्रेस कैलालीका सभापति नारायण भट्टले जानकारी दिए।

यस्तै, गठबन्धनले तालमेलको मर्मानुसार निर्वाचनमा सहभागी हुन पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन समेत दिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले बताए। यसअघि गठबन्धने केन्द्रमै पनि ‘बागी’ उम्मेदवारलाई सम्बन्धीत दलले कारवाही गर्ने निर्णय गरेको थियो। कांग्रेसले पनि कारवाही गर्ने चेतावनी दिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma