काठमाडौं। चितवनको भरतपुरस्थित हाकिम चोकमा सत्ता गठबन्धनले गर्न लागेको चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्न लागेको छ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनलेसभा गर्न लागेको हो। उक्त सभालाई देउवा, प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी गरिएको जनाइएको छ। तर उक्त सभालाई कांगेस महामन्त्री थापाले भने सम्बोधन नगर्ने भएका छन्। थापाको सचिवालयले उक्त आमसभामा महामन्त्री सुहभागि नहुने बतायो।
भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन्। गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। पौडेल ब्याक नभएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। उनले चुनाव चिन्ह ‘भुइकटहर’ पाएका छन्।
प्रतिक्रिया