Developed By Kuldeep Sharma

November 27, 2022

मल्टिप्लेक्स फिल्म हलमा विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ।

यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन्।’

नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन्। ‘हामी केही हल मिलेर फाइनल खेल देखाउने बारेमा तयारी गरिरहेका छौं,’ आईएनआईका निर्देशक सुरेन्द्र थापाले भने, ‘मिडिया हबसँग हामी छलफलमा छौं।’

आईएनआईबाहेक बिग मुभिजमा पनि देखाउने गरी आफू तयारीमा जुटेको उनले बताए। ‘अहिल्यै टुंगो लागेको छैन। हलमा खेल देखाउँदाको जोखिमलाई समेत ख्याल गरेर अघि बढ्नेछौं,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma