Developed By Kuldeep Sharma

December 4, 2022

एक करोड ४ लाख मत गन्दा एमाले पहिलो

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा नेकपा (एमाले) ले आफ्नो अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार २७ लाख ८६ हजार मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो।

नेपाली कांग्रेस २६ लाख ५९ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। यसैगरी ११ लाख ६२ हजार मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख २४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार , जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन्।

थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेको छैन। उसले दुई लाख ९४ हजारमत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma