काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएकी छन्। यसअघि आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय सच्याएकोप्रति उनले आपत्ति जनाएकी हुन्।
नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको भन्दै निर्णय सच्याउन आरजुले माग गरेकी छन्। ‘प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’ आरजुले सामाजिक सञ्जालमा लेखेकी छन्। यसअघि राजनीतिक दलहरूले यस्तो व्यवस्थाको विरोध जनाएका थिए। दलहरुको विरोधपछि आयोगले हिजो (मंगलबार)निर्णय सच्याएको थियो।
प्रतिक्रिया