Developed By Kuldeep Sharma

मंसिर २४, २०७९

२५ वटा वादहरु

काठमाडौं। विगत ६० लाख वर्षदेखि मानव सभ्यताको शुरुवात भएको मानिन्छ।

अरु प्राणीहरु भन्दा मानिसमा स्मरण गर्ने र बिर्सने क्षमताको विकासले उसले विगतका राम्रा र नराम्रा कुराहरुलाई अनुभव बनाउन थाल्यो। हामीले अहिलेसम्म पनि विद्या, शिक्षा, दिक्षा, परीक्षा, ज्ञान, सिप, विधि, प्रविधी, सिद्धान्त, दर्शन आदी अनेकौँ नाममा विगतका कुराहरु सिक्छौँ।

हामीले नर्सरी देखि डिएस्सी वा डिलिटसम्म पढ्दा पनि अरुका नै ज्ञानका कुराहरु पढ्ने र विश्लेषण गर्ने हो। रिसर्च भनेको चाहिँ संसारमा कुनै पनि कुराहरु सत्य छैनन् र यिनीहरुलाइ पुनः खोजी गर वा रीसर्च गर भनिएको हो।

विगत र वर्तमानको जम्काभेटले मात्र नयाँ वस्तु वा विचारको जन्म हुन्छ। आज चाहिँ म विगतमा मानव जातीलार्इ अगाडी बढाउन प्रयोग गरीएका २५ वटा वादहरुको संक्षेपीकरण गर्नेछु। वाद भनेको सिद्धान्त हिड्ने बाटटो हो। यसलाइ रोडम्याप पाथफाइण्डर पदमार्ग पदचाप आदी भनिन्छ। यो मानिसहरुको मन मष्तिस्कमा हुन्छ। तपाइ पनि कुनै वादमा पो हिडीरहेको हुनुहुन्छ की ?

१. जिन्दावाद : जिन्दा भन्ने हिन्दी शब्द हो। जिन्दावाद भनेको मन परेको कुरा सधै बाचिरहोस् भनिएको हो।

२. मुर्दावाद : मुर्दावाद भनेको मन नपरेको वस्तु वा कुराहरु कहिल्यै नदेखियोस वा नभेटियास् भनिएको हो।

३. अवसरवाद : संसारमा जन्म भएका सबै वादहरुको पिता अवसरवाद हो। आफ्नो अवसर अनुकुल सबै चल्न चाहान्छन्। सबैजना आफुले भनेको मान्ने मान्छेहरु बनाउन चाहान्छन्। अवसरवादका कारण नै सबै वादहरुको जन्म भएको हो।

४. व्याक्तिवाद : यसवादको जन्मदाता बेलायतका दार्शनिक जेएस मिल हुन्। यसवादमा व्याक्तिलाइ वा स्वम्लाइ नै इश्वर भन्दा महान मान्नु पर्छ भन्ने मन्यता हुन्छ। यस वादअनुसार व्याक्तिका कुनै पनि इच्छाहरुलाई समाज वा राज्यले बन्देज गर्न पाइन्दैन।

५. मानवतावाद : एउटा मानिसले अर्को मानिसलाइ वा जनावरलाइ आफुलाइ जस्तै मानेर उचित व्यावहार गर्नु मानवतावाद हो। तिमी धनि छौ भने अर्कोलाइ पनि धनि बनाउनु हो। के भनिन्छ भने, Animals are not our food they are our friends.

६. पुजिवाद : यसमा सबै कुराहरु भन्दा पुजिको मात्र महत्व हुन्छ। धनै छ सर्वोत्तम सार जे छ, सबै धनै भित्र लुकि रहेछ भनेको पुजिवाद हो।

७. समाजवाद : समाजको हितमा गरीने कामहरु समाजवाद हुन्। समाजले नै समाजको मागहरु पुरा गर्ने परीपाटी समाजवाद हो। समाजवादलाइ कल्याणकारी राज्य पनि भनिन्छ। समाजवादमा मान्छेले मेसिनलाइ दास बनाउँदछ।

८. साम्यवाद : साम्यवाद भनेको संसार भरीका सबै मानिसहरुको आर्थिक, सामाजिक, राजनैतिक र संस्कृतीक समानता हुनु हो। यो समाजमा कोहि राष्ट्रपति र कोहि मतदाता बन्न सक्दैन। सबै कुराहरु सबैका लागि समान भएको विश्व नै साम्यवाद हो। यसलाइ माक्र्सवाद पनि भनिन्छ।

९. सामान्तवाद : सामान्तवाद भनेको देउताहरुको स्तुती गर्यो भने देवताले सबै चाहानाहरु पुरा गरीदिन्छन भन्ने शोषण सहितको समाज हो। यस्तो समाजमा टाठाबाठा सामान्तहरुले सर्वसाधारणहरुलाई पापको डर र धर्मको लोभ देखाएर सक्दो सामाजिक शोषण गरीरहेका हुन्छन्। मान्छेले मान्छेलाइ दास बनाउने समाज समान्ती समाज हो।

१०. राजावाद : एउटा मानिसलाइ सबै अधिकारहरु दिइएको हुन्छ। यो एउटा जहानको वा जहानियाँहरुले मात्र शासक बन्न पाउने नियम हो। यसवादमा शासकहरुले भन्छन ः म नै राज्य हो, म नै राजा हो र म जे बोल्छु त्यहि हो कानुन्।

११. राष्ट्रवाद : आफ्नो देश सबै भन्दा राम्रो धनि विकसीत र अरु चाहीँ खत्तम देशहरु हुन भन्ने स्वदेश प्रतिको कठोर माया नै राष्ट्रवाद हो। राष्ट्रवादको प्रयोग युद्धका बेलामा बढि गरिन्छ।

१२. बहुलवाद : एउटा संसार, महादेश, राज्य, समाज, परीवारमा भएका सबै जनाले योग्यता अनुसारको सबै क्षेत्रमा उचित अवसर पाउनु नै बहुलवाद हो। यसमा कुनै प्रकारका पुर्वाग्रह र विभेदहरु कसैले र कोही माथी गरीएको हुँदैन।

१३. उदारवाद : यसमा सरकार वा समाज नागरिकहरु प्रति यति उदार हुन्छ की सरकारको कानुन पनि सजिला हुन्छन् र नागरिकहरुले चाहेका सबै कामहरु गर्न उनिहरु स्वतन्त्र हुन्छन्। सरकारको भुमीका हस्ताक्षेपकारी नभएर सहयोगी मात्र हुन्छ।

१४. फाँसीवाद : यसवादका जन्मदाता हिटलर हुन्। आफुलाइ मन नपरेको मान्छेलाइ सिधै फाँसि दिनुपर्छ भन्ने यसको मान्यता हुन्छ। हिटलरले धेरैजना यहुदीहरुको हत्या गरेका थिए।

१५. उपयोगीतावाद : सबै नागरिकलाई राजनीति वा समाजसंग कुनै मत्लव छैन् र उनिहरु उपभोग्य वस्तुहरु मात्र मन पराउँदछन् वा किन्छन् वा बेच्छन् भने यो उपयोगितावाद भयो। जस्तो आजको हाम्रो समाज केवल वस्तु र सेवाको किनबेचमा मात्र सिमित छ।

१६. द्धन्दवाद : माक्र्सवादी सिदान्तमा के भनिएको छ भने मानव समाज सधै दन्द्धमा आधारीत छ। समाजमा जहिल्यै पनि दन्द्धको विऊ उम्रीरहेको हुन्छ। तर आर्थिक समाजमा भने समान्तहरुका विरुद्ध मजदुरहरुले सधै युद्ध वा दन्द्ध गरीरहेका हुन्छन्। चाहे खुल्लम खुल्ला होस वा लुकिछिपी। संसारका सबै कुराहरु दन्द्धको प्रणालीबाट मात्र अस्थित्वमा रहेका हुन्छन्।

१७. आदर्शवाद : आदर्शवाद पुर्वीय दर्शनको हिस्सा हो। यसलाई रामराज्य पनि भनिन्छ। सत्यम शिवम् सुन्दरम भनेकै राम राज्य हो। सक्रेटस पेल्टो र अरिस्टोटलले पनि आदर्श राज्य वा उटोपियन राज्यको परीकल्पना गरेका थिए। यस राज्यमा शारिरीक मानसिक र सामाजिक कुनै प्रकारका अभावहरु दवावहरु र प्रभावहरु हुदैनन्।

१८. सुन्यवाद : मान्छेका मनमा कुनै पनि प्रकारको चिन्तन मनन् वा सोचाइहरु नजन्मनु नै सुन्यवाद हो। मान्छेमा चेतनाको स्तर कि त परम दिव्य चेतनाको अवस्थामा पुग्नु वा पशुको अवस्थामा पुग्नु नै सुन्यवाद हो।

१९. गणतन्त्रवाद : यो पनि पुर्वीय दर्शनको मान्यता हो। हाम्रा धर्मग्रन्थहरुमा देवगण, राक्षसगण, गन्धर्वगण, असुरगण, किन्नरीगण, दिक्पालगण, मुनिगण आदि भनेर कुनै समुदायको अस्तित्वलाइ मान्यता दिइएको थियो। आज भारतमा पंजाविगणको पंजाव, नागागणको नागालैंण्ड, बंगालीगणको बंगाल, विहारीगणको विहार, तामिलगणको तामिलनाडु आदि छन्। नेपाली सेनामा पनि गणहरु छन्। त्यसैले गणतन्त्र सामाजिक भावना हो।

२०. विकासवाद : विकासवादलाइ ३ चरणवाट व्याख्या गरीएको पाइन्छ। पहिलो व्याक्तिको शारिरीक विकास हुनुपर्छ। दोस्रो शारिरीक विकास भएपछि मात्र उसको मानसिक विकास हुन्छ। र तेस्रो शारिरकि र मानसिक विकास भएको नागरिकले मात्र भौतिक विकास गर्नसक्छ।

२१. संवाद : संवाद भनेको यी सबै वादहरु मध्ये सबैभन्दा कामयावी वाद कुन हो भनेर छलफल गर्नुलाइ सम्बाद भनिन्छ।

२२. अपवाद : यी माथिका कुनै पनि वादहरुसंग तपाइ सन्तुष्ट हुन सक्नु भएन भने त्यो अपवाद हो।

२३. बरवाद : बरदानको उल्टो प्राप्तीलाइ बरवाद भनिन्छ। यो सबैका जिवनमा निकै नराम्रो वाद हो।

२४. सर्वसत्तावाद : सारा संसारलाइ नेतृत्व गर्नसक्ने त्यस्तो परम दिव्यज्ञान, परम दिव्य चेतना र परमदिव्य व्यावहारलाइ सर्वसत्तावाद भनिन्छ। धर्महरुका आधारमा इश्वरलाइ मात्र विश्व ब्रम्हाण्ड कै परमाधिपती मानिन्छ।

२५. वादशहाहरु : भारतमा इलाहावाद, गजियावाद आदि ठूला शहरहरुको नाम पनि वादशाह वा ठुला वा विद्धान राजाहरुको नामबाटट राखिएको हो। साथै ५२ पत्तिको तासमा पनि वादशाह हुन्छ। हामी तास खेल्दा बासा भन्छौ तर त्यसको नाम वादशाहा हो।

-यहाँ मैले बुझेका, पढेका र जानेका वादहरुका बारेमा लेख्ने प्रयास गरेकी छु। बजारमा विश्वका प्रमुख राजनैतिकवादहरु भन्ने पुस्तक पनि पाइन्छ। तर राजनीति गर्ने मान्छेले वादहरुका बारेमा जान्नु अनिवार्य नै हुन्छ। त्यसैले त भनिन्छ – जनताहरु कुनै पनि समयमा कुनै पनि वादमा देखा पर्न सक्छन्। धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma