Developed By Kuldeep Sharma

May 4, 2022

नवलपरासीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, कांग्रेसका उम्मेदवार घाइते 

काठमाडौँ। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरुबीच स्वच्छ प्रतिस्पर्धाभन्दा पनि आवेग सुरु भएको छ। पूर्वी नवलपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। हुप्सेकोट गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्।

लक्ष्मीदेवी निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन्। केही मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उम्मेदवारमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ।

झडपमा परेर कांग्रेस र एमालेतर्फ गरी ६ जना घाइते छन्। उनीहरूलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।यस्तै उम्मेदवार पाण्डे सवार स्कारपियो गाडीका सीसा पनि एमाले कार्यकर्ताले फुटाइदिएका छन्।

चुनावी प्रचारको कार्यक्रम सकेर फर्कने क्रममा आफ्ना उम्मेदवारहरूमाथि लाठी, खुकुरीलगायतले आक्रमण भएको कांग्रेस नवलपरासी पूर्वले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma