Developed By Kuldeep Sharma

May 4, 2022

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बम रहेको आशंका

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा बम रहेको आशंका गरिएको छ।

अज्ञात व्यक्तिबाट विमानस्थलको आन्तरिक तर्फ बम भेटिएको फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई मुख्य गेटबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी आन्तरिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरू सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेको जानकारी दिए।

‘हामी सर्च गर्दै छौं अहिले नै केही भेटिएको छैन,’ ढकालले भने। अन्तरराष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द गरिएको छ। अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको उनले बताए। तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरू विमानस्थलमा पुगेका छन्। आन्तरिक उडान बन्द हुँदा यात्रुहरू मारमा परेका छन्। नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma