Developed By Kuldeep Sharma

December 27, 2022

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma