Developed By Kuldeep Sharma

December 28, 2022

कांग्रेस गण्डकीमा दलको नेता चयनका लागि २ जनाको उम्मेदवारी

काठमाडौं। गण्डकीमा कांग्रेसले संसदीय दलको नेता चयन शुरु भएको छ। आज हुने निर्वाचनको लागि दुई जनाले मनोनयन दर्ता गराएका छन्।

केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र नेता भोजराज अर्यालले उम्मेद्वारी दर्ता गरेका हुन्। निरन्तर सर्वसम्मत गर्ने प्रयास भएपनि त्यो हुन नसकेर चुनावी प्रकृयामा गएको हो।पाण्डेलाई विन्दुकुमार थापाले प्रश्ताव गरेको छन् भने डा।टकराज गुरुङले समर्थन गरेका हुन्। अर्का प्रतिस्र्धी अर्याललाई महेन्द्रध्वज जिसीले प्रश्ताव र पार्वती तामाङले समर्थन गरेकी छन्।

पाण्डेका प्रश्तावक थापा र अर्यालका प्रश्तावक जिसी पनि यसअघि दलको नेतामा दावी गरेका थिए। तर अन्तिममा २ जनामात्रै उम्मेद्वार भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma