Developed By Kuldeep Sharma

पुस १६, २०७९

निर्वाचन प्रणालीले निम्ताएको जोखिम

सुवास पौडेल, काठमाडौं। आम निर्वाचन २०७९ कुनै निति, कार्यक्रम, योजना , सपना र संकल्प बिना फगत सत्ता लिप्साको अंक गणितमा मात्र केन्द्रित रह्यो।

निर्वाचन अंक गणितको लागी मात्र हुदैनl निर्वाचन भनेको बिगत ५ बर्षमा कुनै पनि दलले खेलेको भूमिका र कार्यशैली प्रति जनताले दिने दण्ड वा पुरस्कार र आगामी ५ बर्षको लागी अमुख दल माथि सम्भावना र भरोसा देखेर राज्य सत्ता संचालनको लागि दिएको म्यान्डेट हो।

जब जनताको अनुमोदन वा म्यानडेट भन्दा बाहिरबाट राज्य सत्तामा हस्तक्षेप वा साशन हुन्छ तब त्यो व्यवस्था लामो समय टिक्न सक्दैन। राज्य अस्थिर हुन्छ। ठूलो दलको रुपमा काङ्रेसले सरकार बनाउने परिस्थिती नबन्नु सरसर्ती हेर्दा समान्य जस्तो देखिएता पनि अहिले जे भैरहेको छ, त्यसले देशलाई सहि दिशातर्फ लगिरहेको छैन।

वर्तमान राज्य ब्यबस्थाको सबै भन्दा ठूलो कमजोरी नै हालको निर्बाचन प्रणालीमा छ, जसले कुनै पनि दलको बहुमत आउनबाट रोख्छ र नीति, कार्यक्रम, वैचारिक एवं राजनीतिक गन्तव्य नै पूर्णतया बिपरित रहेका दलहरूबीच फगत अंकगणितको लागी मात्र अस्वाभाविक, असामान्य, अराजनीतिक गठबन्धन गरी सरकार संचालन गर्न बाध्य बनाउछ। परिणाम स्वारूप राज्य सत्ता संचालन र डेलिभरीमा सबै भन्दा बाधक आफ्नै सहयात्री दल बन्न पुग्छन्। अनि छोटो समयमै एक अर्का बीच बेमेल र बैमनाष्यता सृजना हुन्छ।

यो निर्वाचन प्रणाली प्रति व्यापक जनबहस आबश्यक भैसकेको छ किनकी यसलाई संशोधन नगर्ने हो भने अस्थिरता, निराशा र आक्रोस बढाउदै लानेछ र कुनै दिन यो ब्यबस्था नै खानेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma